दफा ३१
आयोगलाई सहयोग गर्नु पर्ने
(१) आयोगले परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यका लागि संवैधानिक निकाय, सरकारी निकाय, शिक्षण संस्था वा सङ्गठित संस्थाका कर्मचारीलाई काममा लगाउन सक्नेछ ।

(२) आयोगको परीक्षा सञ्चालन र व्यवस्थापन. सम्बन्धी कामको लागि संवैधानिक निकाय, सरकारी निकाय, शिक्षण संस्था वा सङ्गठित संस्थाले कर्मचारी वा भवन उपलब्ध गराई सहयोग गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यका लागि त्यस्तो कर्मचारी उपलब्ध नभएमा वा पर्याप्त नभएमा आयोगले अन्य उपयुक्त व्यक्तिको समेत सहयोग लिन सक्नेछ ।

(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगको कार्य सम्पादन गर्नको लागि आयोगको कर्मचारीबाट मात्र सम्भव हुने नदेखिएमा आयोगले अन्य कार्यालयमा कार्यरत कर्मचारीलाई काजमा खटाई पठाउन सेवा सञ्चालन गर्ने निकायलाई लेखी पठाउन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम आयोगबाट लेखी आए बमोजिम सम्बन्धित निकायले कर्मचारी खटाई सहयोग गर्नु पर्नेछ ।